नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण,६ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । यस सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button