नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा सोमबार थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय १ जनाको पीसीआर गरिएकोमा २ सय ४४ पुरुष र १ सय ५९ महिला गरी ४ सय ३ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा तीन सय ४२ जना रहेका छन् भने पाँच हजार दुई सय ८९ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button