नेपालमा थप ५ सय २२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा मंगलबार थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय ५१ जनाको पीसीआर गरिएकोमा ३ सय ३८ पुरुष र १ सय ८४ महिला गरी ५ सय २२ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा तीन सय ४२ जना रहेका छन् भने ५ हजार २ सय २५ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button