इटहरीका अर्चन भियतनाममा हुने मिष्टर टिन इन्टरनेशनल प्रतियोगितामा भाग लिने

पोखरा न्यूज । इटहरी नगरपालिका-१० निवासी अर्चन विष्ट भियतनाममा हुने मिष्टर टिन इन्टरनेशनल प्रतियोगितामा सहभागी हुनुहुने भएको छ ।

इटहरी विश्व आदर्श कलेजमा प्लसटु अध्ययरत विष्ट यही अप्रिल ३ गते ( चैत्र २१ गते) भियतनाममा हुने उक्त प्रतियोगितामा भाग दिन जान लाग्नुभएको हो । विश्वको ३२ वटा देशबाट भाग लिने उक्त प्रतियोगितामा नेपालबाट विष्ट जान लाग्नुभएको जानकारी सागर आचार्यले दिनुभयो ।

कलिलै उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभएका अर्चनले आफ्नो कामले सबैलाई मोहीत पारिसक्नुभएको छ । सबैमाझ परिचित विष्ट सबैसँग मिझाशीला , सहयोगी र मेहेनती स्वभाव भएका अर्चन सामाजिक कार्य , गीतसङ्गित र खेलकूदमा निकै रुचि राख्नुहुन्छ । सानै उमेरमा आफ्नो छाप छाडिसक्नुभएको अर्चनले ’’ बिट द हित “ र “मिस्टर टिन “ नेपालको उपाधि हासिल गरिसकेका छन् ।

हाल उनलाई बिर्तामोड , इटहरी , धरान , बिराटनगर , पोखरा , काठमाडौ , चितवनलगायतका विभिन्न स्थानहरुमा संचालन भैरहेको फेसन शो , ब्यूटी प्याजेन्टहरुमा गेष्ट मोडलको भूमिकामा देख्न सकिन्छ । हेर्दा निकै हसिलो र मिलनसार देखिने उहाँको जो कोहीलाई पनि आफ्नो आत्मीय व्यवहारले छिट्टै आफ्नो प्रभावमा पार्छन् । नेपालबाट मिस्टर टिनको उपाधि हासिल गरिसक्नुभएका अर्चन भियतनाममा हुने मिस्टर टिन इन्टरनेशनलमा नेपालबाट प्रतिनिधित्व गर्दैहुनुहन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button