स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधिका लागि २१ जना

पोखरा न्यूज । स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ मा उपाधिका लागि २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्टार्स स्टुडियो प्रालि पोखरा र स्टार फाउन्डेसन नेपालको वार्षिकोत्सवको अवसरमा यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फागुन २२ गते शनिबार विहान ११ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुनेछ ।
प्रतियोगिताको फाइनलमा पुग्नेमा कास्कीका अमृत सुनार, अन्जना गुरुङ, जमुना गुरुङ, कृषा जिसी, ओशिका गुरुङ, प्रिती गुरुङ, रीमा गुरुङ, सरिता मगर, विवेक थापा रहेका छन् ।

यसैगरी बागलुङकी बन्दना घर्ती मगर, नेपालगञ्जकी दुर्गा रानामगर, रुपन्देहीकी मलिषा थापामगर, रोशनी गुरुङ, काठमाण्डौँकी मोनिका गुरुङ, पूर्णिमा शाह, सुदन खड्का महोत्तरीका नेशन शुुस्लिङ मगर, झापाकी परीक्षा ताम्सुहाङ, धनकुटाकी पविता शंकर, स्याङजाकी सावित्री रानामगर, सञ्जना रानाममगर अन्तिम २१ मा छनोट हुँदै फाइनलमा पुगेका छन् ।

खुल्ला एकल नृत्य प्रतियोगितामा सबै उमेर समूह र संसारको जुनसुकै कुनामा रहेका नेपालीले भाग लिन पाउने गरेर नियम बनाइएको थियो । प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आफू नाचेको भिडियो सम्पादन नगरिकन इमेल वा ह्वाट्सएप मार्फत पठाएका थिए ।

नेपालसहित भारत, जापान, दक्षिण कोरिया, मलेसियाबाट सहभागिता जनाइएको प्रतियोगितामा कूल ४ सय ९८ जनाले अनलाइन अडिसनमा सहभागिता जनाए । जसलाई अर्थ राउण्ड भनिएको थियो । ४ सय ९८ जना मध्ये अर्थ राउण्डबाट मुन राउण्डको लागि १ सय ५३ जना छानिए । त्यसपछि मुन राउण्डबाट सन राउण्डमा ५० जना छनोट भए । सन राउण्डबाट स्टार्स राउण्डको लागि २१ जना छानिएका हुन् ।

यसअघिका सबै चरण अनलाइन मार्फ तनै भएको थियो । अब फाइनल प्रतिस्पर्धा भने प्रत्यक्ष उपस्थित भएर हुनेछ । योप्रतियोगीताको निर्णायकमा कमल राई, महेश गोदार, स्वजन राजवंशी रहनुभएको छ ।फाइनल प्रतियोगिताको दिनमा स्टार्स सांस्कृतिक सम्मान मार्फत ४ जना श्रष्टालाई सम्मानसमेत गरिने भएको छ । यसरी सम्मानीत हुनेहरुमा सुर्खेतका प्रेम देव गिरी, काठमाण्डौँकी बिना जोशी, इलामका रोशन कर्माचार्य र पोखराका गजेन्द्र गुरुङ हुनुहुन्छ । संस्कृति र सांस्कृतिक नृत्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गर्न लागिएको स्टार्स स्टुडियो पोखराकी सञ्चालक जसु गुरुङले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्धितीय हुनेले २५ हजार रुपैयाँ र तृतीय हुनेले १२ हजार रुपैयाँ हात पार्नेछन् । कार्यक्रमबाट बचत भएको रकम स्टार्स फाउन्डेसन नेपालको नृत्य छात्रवृत्ति कार्यक्रममा जम्मा गरिनेछ । फाइनल प्रतियोगिता हेर्न शुल्क लाग्नेछैन । सहयोगी मनबाट प्राप्त रकमका कारण प्रतियोगिता सम्पन्न गर्न सहज भएको स्टार्स फाउन्डेसन नेपालको अध्यक्षसमेत रहनुभएकी गुरुङको भनाई छ ।

स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशील संस्था हो । यसको कार्यालय न्यूरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभूषाको संरक्षणको क्षेत्रमा यसले काम गरिरहेको छ । यसअगाडि स्टार्स स्टुडियोले चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला एकल कविता प्रतियोगिता र टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो । अर्को आयोजक स्टार्स फाउन्डेसन नेपाल भने नेपालको मौलीक नृत्यको प्रर्वद्धनका लागि स्थापना भएको संस्था हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button