गुरुङ फिल्म ‘शिरसुबा’ को विशेष प्रदर्शन पार्टी प्यालसमै

जिफानको सेडुयल अनुसार हलमा समेत प्रदर्शन गरिने

पोखरा न्यूज । गुरुङ फिल्म ‘शिरसुबा’को पोखरामा हुने विशेष प्रदर्शन पार्टी प्यालेसमानै हुने भएको छ । फागुन २२ गते शनिबार भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुने तय भएको निर्माण पक्षले जनाएको छ ।

यसअगाडि यो फिल्मको विशेष प्रदर्शन फागुन १५ गते शनिबार रानीदेवी पार्टी प्यालेस काठमाण्डौँमा भएको थियो । काठमाण्डौँमा गरिएको विशेष प्रदर्शनमा ४ सय ५० जना दर्शकको उपस्थिति रहेको फिल्मका निर्देशक माओत्से गुरुङले जानकारी दिनुभयो ।
‘शिरसुबा’ भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको दोस्रो गुरुङ फिल्म हो । यसअघि भ्रेज मेश्रो फिल्म प्रोडक्सनले पहिलो फिल्म ‘भे्र’ निर्माण भएको थियो । जुन फिल्मलाई दर्शकले रुचाएका थिए । काठमाण्डौँ गरिएको विशेष प्रदर्शन मार्फत फिल्म हेरेका दर्शकले फिल्मलाई रुचाएको निर्देशक गुरुङले बताउनुभयो ।

केही ठाउँमा च्यारिटी सो गरिसकेपछि यो फिल्मलाई हल मार्फत देखाइने गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानका संस्थापक अध्यक्ष समेत रहनुभएका माओत्से गुरुङ बताउनुभयो । लगानी उठाउने जोखिमका कारण पार्टी प्यालेस मार्फत फिल्म प्रदर्शन गर्न निर्माण पक्ष बाध्य भएको हुनसक्ने उहाँले खुलाउनुभयो ।

फिल्मको निर्माण नियन्त्रक डिबी गुरुङले काठमाण्डौँमा दर्शकको साथ राम्रो मिलेको बताउनुभयो । ‘अहिलेको अवस्थामा दर्शकको राम्रो सहभागीता पाइयो । कोरोना कहरपछि काठमाण्डौँमा प्रर्दशन गरिएको पहिलो गुरुङ फिल्म रहेछ’ उहाँले भन्नुभयो ।

लगानी नउठ्ने जोखीमका कारण सुरुमानै हलमा प्रदर्शन गर्न नसकिएको उहाँको भनाई छ । अपेक्षा गरेभन्दा राम्रो सर्पोट पाएको भन्दै उहाँले फिल्म हेर्दा दर्शकको चित्त बुझ्ने दावी गर्नुभयो । अब फिल्मलाई चैत्रको पहिलो हप्तामा चितवन, नवलपरासीतिर देखाउने आफूहरुको योजना रहेको उहाँले खुलाउनुभयो । यसका अलावा कास्कीको घान्द्रुक भन्दा माथी तारापानी, दोबाटो तिर विशेष प्रर्दशन मार्फत फिल्म देखाइनेछ । कोरोना कहरको अवस्था साम्य भएपछि हङकङ, युके, जापानमा प्रदर्शन गर्ने तयारी रहेको उहाँले खुलाउनुभयो ।

यसका अलावा जिफानले तयार पारेको सेडुयल अनुसारनै पोखराको मिडटाउन ग्यालरीयामा यो फिल्म प्रदर्शन गरिने उहाँको भनाई छ । ‘लगानी नउठ्ने जोखीमका कारण सुरुमानै हलमा प्रदर्शन गर्न नसकिए पनि, जिफानको सेडुयल अनुसार हलमा समेत प्रदर्शन गरिनेछ, यसरी प्रदर्शन गर्दा नयाँ दर्शकको साथ पाउने आशा गरेका छौँ’ उहाँले भन्नुभयो ।

‘शिरसुबा’को छायाकंन कास्कीको रमणीय गाउँ घान्द्रुकमा भएको हो । फिल्ममा विश्वास गुरुङ, सुमन गुरुङ, सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय हेर्न पाइन्छ । यसका अलावा अतिथि कलाकारको रुपमा रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा, लक्ष्मी गुरुङलाई फिल्ममा देख्न सकिन्छ ।

फिल्मको सिनेमेटोग्राफर सुशान्त प्रजापति रहनुभएको छ । फिल्मको निर्माता बिमल गुरुङ हुनुहुन्छ । कथा पनि उहाँकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले भर्नुभएको हो । गीतको रचना विमल गुरुङले गर्नुभएको हो भने एरेन्जको जिम्मेवारी धनबहादुर गुरुङ र तेजेन्द्र गुरुङले पुरा गर्नुभयो । गोरे गुरुङ र लप्सन गुरुङ गीतको कोरियोग्राफर हुनुहुन्छ । फिल्मको पाश्र्व गायक गायिकाको जिम्मा धनबहादुर गुरुङ, सरुन गुरुङ र नीशा गुरुङले पुरा गर्नुभएको छ । मेककप आर्टिष्टको जिम्मा सर्मिला गुरुङलाई दिइएको थियो । टाक टुकको सम्पादन, सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशन रहेको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ हुनुहुन्छ ।

अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बिच आइपर्ने समस्यालाई फिल्ममा प्रस्तुत गर्न खोजिएको निर्देशक गुरुङले बताउनुभयो । ३० लाख भन्दा बढीको लगानीमा निर्माण भएको यो फिल्मलाई अघिल्लो गएको नयाँ वर्षको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो । कोरोना कहरका कारण प्रदर्शन हुन नसकेको फिल्मलाई अहिले देखाइएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button