एकल नृत्य प्रतियोगिताको उपाधि पोखराकी जमुनालाई

पोखरा न्यूज । पोखरामा आयोजित स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ को उपाधि पोखराकी जमुना गुरुङले जित्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट बन्दै उहाले उपाधि जित्नुभएको हो । जमुनाले पब्लिक च्वाइस अवार्ड समेत जित्नुभयो । भोटको ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अंकभार कायम गरिएको थियो । जमुनाले भोटको ५० प्रतिशत अंकनै आफ्नो पक्षमा पार्न सफल हुनु भएको थियो । उहाँले उपाधिसहित नगद ५० हजार रुपैयाँ समेत हात पार्नुभयो ।
पोखराकै ओशिका गुरुङ फस्ट रर्नसअप बन्नुभयो । देवदह रुपन्देहीकी रोशनी गुरुङ सेकेन्ड रर्नसअप घोषित हुनुभयो । फस्ट रनर्सअपलाई २५ हजार रुपैयाँ र सेकेन्ड रर्नस अपलाई १२ हजार रुपैयाँ प्रदान गरियो ।

यसैगरी मुन अवार्ड रुपन्देहीकी मलिषा थापामगर, इन्टरटेनमेन्ट अवार्ड धनकुटाकी पविता शंकर, बेष्ट ड्रेस अवार्ड नेपालगञ्जकी दुर्गा रानामगर, वेष्ट पर्फमेन्स अवार्ड काठमाण्डौंकी पूर्णिमा शाह, मष्ट ट्यालेन्टेड अवार्ड स्याङजाकी सावित्री रानामगर, अर्थ अवार्ड कास्कीकी प्रिती गुरुङ, स्टार्स डान्स अवार्ड कास्कीकै रीमा गुरुङलाई प्रदान गरियो ।

मिस स्टार्स अवार्ड बागलुङकी बन्दना घर्ती मगर जित्दा साइनिङ स्टार अवार्ड काठमाण्डौँकी मोनिका गुरुङ, बेष्ट सन अवार्ड कास्कीकी सरिता मगर, मिस्टर स्टार डान्स अवार्ड कास्कीकै विवेक थापा, हार्टफुल्ली क्रियटिभ अवार्ड काठमाण्डौँका सुदन खड्का, वेष्ट कम्पोज अवार्ड र स्टार्स जज अवार्ड कास्कीका अमृत सुनार, बेष्ट डिसिपिलिन अवार्ड र एमाइजिङ आर्टिस्ट अवार्ड महोत्तरीका नेशन शुुस्लिङ मगरले प्राप्त गर्नुभयो ।

उहाँहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, कवि रमेश श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक कमल राई, महेश गोदार, स्वजन राजवंशी, गोरे गुरुङ, आयोजक संस्थाका जसु गुरुङ, दीपक गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।स्टार्स स्टुडियो प्रालि पोखरा र स्टार फाउन्डेसन नेपालको बार्षिकोत्सवको अवसरमा यो प्रतियोगिताको आयोजना भएको हो ।

प्रतियोगीताको फाइनलमा पुगेका कास्कीका अन्जना गुरुङ र कृषा जिसी, झापाकी परीक्षा ताम्सुहाङ र स्याङजाकी सञ्जना रानाममगर फाइनल प्रतिष्पर्धामा सहभागी भएनन् । फाइनल प्रतिष्पर्धामा २१ जना पुगेपनि ४ जना अनुपस्थित भएपछि १७ जनाबीच अन्तिम प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको निर्णायकमा कमल राई, महेश गोदार, स्वजन राजवंशी हुनुहुन्थ्यो ।

नेपाल सहित भारत, जापान, दक्षिण कोरिया, मलेसियाबाट सहभागिता जनाइएको प्रतियोगीतामा कूल ४ सय ९८ जनाले अनलाइन अडिसनमा सहभागिता जनाएका थिए । जसलाई अर्थ राउण्ड भनिएको थियो । ४ सय ९८ जना मध्ये अर्थ राउण्डबाट मुन राउण्डको लागि १ सय ५३ जना छानिए । त्यसपछि मुन राउण्डबाट सन राउण्डमा ५० जना छनोट भए । सन राउण्डबाट स्टार्स राउण्डको लागि २१ जना छानिएका थिए ।स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशील संस्था हो ।कार्यक्रमबाट बचत भएको रकम स्टार्स फाउन्डेसन नेपालको नृत्य छात्रवृत्ति कार्यक्रममा जम्मा गरिनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button