पोखराको सृजनाचोमा दूग्ध विकास संस्थानको डिपो संचालनमा

पोखरा न्यूज संवाददाता । दूधको सिण्डीकेटकै कारण पोखरेली उपभोक्ताले गुणस्तरीय दूध उपभोग गर्न पाएका छैनन् । यहाँका अधिकांश उपभोक्ता गुणस्तरीय दूधको खोजीम भौतारिने गरेका छन् ।

डेरीको भन्दा केही गुणस्तरीय दूध उत्पादन गर्दै आएको दूग्ध विकास संस्थानले पोखरामा दूध बिक्री गर्न वषैदेखि प्रयास गरेपनि सकिरहेको छैन । संस्थानलाई यहाँको दूग्ध कम्पनी र दूध किसानका प्रतिनिधिले दूध बिक्री वितरण गर्न दिएका छैनन् ।संस्थानले उत्पादन गर्दै आएको दूध राजधानी काठमाण्डौमा अन्य कम्पनीको भन्दा गुणस्तरीय मानिदै आएको छ । यसैक्रममा संस्थानले बिहीबार पोखराको सृजना चोकमा दूग्धजन्य पदार्थको बिक्रीकेन्द्र संचालनमा ल्याएको छ ।

तत्कालका लागी यहाँबाट नौनी, चिज, मखन, घिउ, लस्सी, लालमहन, रसवरी, पीडा लगायत दूघबाट बनेका मिठाइहरु बिक्रीका लागि राखेको जानकारी संस्थानका महानिर्देशक रुद्रप्रसाद पौडेलले दिनुभयो । पोखरेली उपभोक्तालाई नियमित दूग्धजन्य पदार्थ उपलब्ध गराउन बिक्रीे केन्द्र संचालनमा ल्याइएको पौडेलको भनाई छ ।

दूग्ध विकास संस्थानले पोखरामा दूध र दूग्धजन्य पदार्थ उप्तालदन गर्दै आएको भएपनि वि.स. २०६१ सालमा निजी क्षेत्रलाई बिक्री गरेको थियो र हाल त्यो सुजल डेरीको नामबाट चिनिन्छ । आगामी दिनमा स.स्थानले पोखरामा दूध समेत बिक्रीका लागि ल्याउने तयारी गरेको छ पौडेलले भन्नुभयो–पोखरेलीको माग अनुसार हामी चल्छौ । संस्थानले हाल दैनिक ९३ लाख रुपैयाँको दूध तथा दूग्धजन्य पदार्थ बिक्री गर्दै आएको जानकारी उहाँले दिनुभयो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रालय सचिव सवनम शिवाकोटीले दूग्ध विकास संस्थानद्वारा उत्पादित दूध गुणस्तरीय मानिने गरेको बताउदै आम उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय दूध उपभोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले किसानलाई दूधको पैसा समयमा नै उपलब्ध गराउन समेत उहाँले सुझाव दिनुभयो । उक्त डिपो शुभारम्भ महानिर्देशक पौडेल र मन्त्रालयका सचिव सवनम शिवाकोटीले गर्नुभउको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button