पोखरामा मौद्रिक नीति तथा व्यवसायिक जीवन रक्षा कोषका बारेमा छलफल

पोखरा न्यूज । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार हुने भएको छ ।

लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम गर्ने अध्यक्ष किसान सुनारले बताए । उनले नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले साधारण सभाको उद्घाटन गर्ने जानकारी दिए ।

उनले सभामा राष्ट्र बंैकले जारी गरेको मौद्रिक नीति तथा व्यवसायिक जीवन रक्षा कोषको सफल कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताए । लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालका अध्यक्ष गोपाल खड्काले संस्थागत लेखाजोखा कार्यशालामा धनन्जय पौडेल, माधवप्रसाद बराल, भोलानाथ ढकाल, रामचन्द्र पौडेल, डा वेदनाथ शर्माले सहजीकरण बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, कार्य समितिका सदस्य, इकाई, समिति, उपसमिति र विभागका सदस्यहरुको सहभागिता रहने महासचिव उमराज बास्तोलाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button