निषेधाज्ञा खुकुलो भएसंगै कोरोना सङ्क्रमण बढ्न थाल्यो

पोखरा न्यूज । देशभरका विभिन्न स्थनीय तहहरुले निषेधाज्ञा खुकुलो खुकुलो बनाएसंगै  पछिल्लो २४ घण्टामा दुई हजार ८ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८ सय ८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

चार हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५ सय ९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ६१ रहेको छ । तीमध्ये ३० हजार ५ सय ४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार १ सय १२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६ सय ३६ भन्दा आज २ सय ५६ जनाले बढी थपिएका छन् । सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९ सय २० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button