पर्वतका सूर्यप्रसाद घिमिरे १० दिनदेखि बेपत्ता

पोखरा न्यूज । बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता हुनुभएको छ । पर्वत जिल्लाको साविक देवीस्थान गाविस–६, हाल फलेवास नगरपालिका–५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्यप्रसाद घिमिरे (कृष्ण) १० दिनदेखि बेपत्ता हुनुभएको छ ।

असार १३ साँझ ६ बजे घरबाट निस्कनुभएका घिमिरेको भोलिपल्ट दिउँसो २ बजेसम्म फोन सम्पर्कमा रहे पनि त्यसपछि फोनसमेत अफ भएर सम्र्पकविहीन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिनुभयो । बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिए पनि हालसम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाइ छ ।

बेपत्ता घिमिरे सेतो धर्के सर्ट, कालो पाइन्ट, पहेँलो झोला बोकेर घरबाट निस्कनुभएको थियो । केपत्ता घिमिरेलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय तथा आफन्तको नम्बर ९८४७६६३१७९ र ९८४७६३१८४७ सम्पर्क गर्नुहुन परिवारले अनुरोध गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button