नवनियुक्त प्रधानमन्त्री देउवाले लिए शपथ

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button