पोखराको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै पुम्दिकोट शिव मूर्ति

पोखरा न्यूज ।  पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति  पछिल्लो समय  धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।  निर्माणाधीन विशाल शिव मूर्तिले पोखरा भित्रिएका सबैजसो  पर्यटकलाई आकर्षित गर्ने गरेको छ  ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमीनलाई ३० वर्षका लागि भोगाधिकार लिएर मूर्ति निर्माण कार्यको थालनी गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बसेको आसनमा नेपालकै अग्लो दाबी गरिएको सो शिव मूर्ति रु ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।  मूर्ति निर्माणका लागि हालसम्म रु २० करोड खर्च भइसकेको छ ।  भारतको मथुराबाट ल्याइएको शिव मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको छ ।

पुम्दिकोटमा शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माण गरिने अध्यक्ष बरालले बताए  ।

पुम्दिकोटमा शिव मूर्ति निर्माण कार्यका लागि  सङ्घ सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकालगायत विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेको बरालले जानकारी दिए ।

बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमशृङ्खला फेवाताललगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

पुम्दिकोट शिव मूर्तिका कारण पर्यटकको बसाइ लम्बिने र  धार्मिक पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास अध्यक्ष बरालले लिएका  छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button