‘प्ले ब्याक’ थिएटर शैली प्रति आर्कषण

दर्शकको लागि झनै रुचिकर

राजाराम पौडेल । सन् १९७५ मा जोनाथन फक्स र जो सलसले सुरु गरेको नाटक मञ्चन गर्ने एउटा शैली हो ‘प्ले ब्याक’ थिएटर । जुन शैली मार्फत दर्शकले नाटकमा आफ्नो अपनत्व महशुस सजिलै गर्न पाउँछन् । यो शैलीमा कलाकारले दर्शकका कुरा सुनेर उहाँहरुका भनाईलाई तुरुन्तै नाटकमा ढालेर देखाउने गर्नुहुन्छ ।

यसले कलाकारको सुन्ने क्षमता, बुझ्ने क्षमता, महशुस गर्ने क्षमतालाई उजागर गर्दछ । किनकि सुनेका कथा तथा भोगाइलाई आफ्नो कलाको माध्यमबाट तुरुन्तै प्रस्तुत गर्न सक्ने खुबी यसमा आवश्यक पर्छ । पछिल्लो समयमा यो शैली मार्फत आफ्नो प्रतिभा देखाउन कलाकार उत्साहित हुन थालेका छन् । आफ्नो अपनत्व भेट्ने हुनाले दर्शकको लागि यो झनै रुचिकर बन्छ । समाजमा सचेतना प्रदान गर्न अरुका पिडालाई आफ्नो पिडा झै गरी प्रस्तुत गरेर केही मात्रामा भएपनि दर्शकको मनमा मलम लगाउन यो शैली प्रभावकारी देखिन थालेको छ ।

प्ले ब्याक थिएटर मार्फत कलाकारले अडियन्सको भोगाई, कथा, भावनालाई तुरुन्त नै गरेर देखाउने कला भएको रंगकर्मी आकाक्षां कार्की बताउनुहुन्छ ।

प्ले ब्याक थिएटर पार्टिसिपेटली थिएटर हो । जहाँ अन्तरक्रिया हुन्छ । अडियन्सको भोगाई, कथा, भावनालाई लिएर ट्रेन कलाकारले सोही ठाउँमा तुरुन्तनै गरेर देखाउनुहुन्छ । केही निश्चित अडियन्सलाई राखेर यो गरिन्छ । जहाँ कन्डक्टर, एक्टर्स, म्युजिसियन हुन्छ र प्ले ब्याकको स्टक्चरमा अडियन्स हुन्छ । यो एउटा कोल्यावरेटिभ आर्ट फम हो । जहाँ अडियन्सबाटै कुराहरु आएर पर्फमेन्स प्रक्रिया अगाडि बढ्छ । अडियन्सबाट कथाहरु, भोगाइहरु निम्त्याउनको लागि हामीले एउटा सुरक्षित माहोले क्रियट गर्नुपर्नेहुन्छ । प्ले ब्याकमा पनि विभिन्न शैलीहरु छ । विभिन्न कथा तथा भोगाईलाई त्यो फममा ढालेर कलाकारहरुले अन द स्पोट पर्फम गर्नुहुन्छ । यो इम्पोभाइजेसनल अद द स्पोट थिएटर भएतापनि यसको लागि निरन्तर ट्रेनिङ, प्राटिक्स एकदमै जरुरी हुन्छ । किनकी अडियन्सबाट कुन स्टोरी आउँछ थाहा हुँदैन । त्यो कथालाई कसरी न्याय गर्ने भन्नेकुरा प्राटिक्सले निखारिदा मात्र सम्भव हुन्छ ।

११ वर्ष देखि प्ले ब्याक थिएटर मार्फत आफ्नो प्रतिभा देखाइरहनुभएकी रंगकमीले कार्कीले आफ्ना लागि यो फम स्पेशल रहेको समेत सुनाउनुभयो ।

व्यक्तिगत रुपमा भन्नुपर्दा यो मेरो लागि स्पेशल फम हो । हामीले काम गर्ने कुरामा सबै जनाको एउटा सिस्टमा रहेर काम गरिरहेका हुन्छौ । यसरी मेरो काम गर्ने शैली र मैले गर्ने चिजहरुमा प्ले ब्याकको एकदमै ठुलो देन छ जस्तो लाग्छ । यसरी मैले प्राटिक्स गरेको भण्डै ११ वर्ष भयो । निरन्तर रुपमा गरिरहेको छुँ । यसको लागि सुरुमा ६ महिनाका तालिम लिएको थिए । तालिम लिएपछि आफ्नो क्षमता देखाउन स्पेस चाहिन्छ । मेरो कुरा सुनियोस् । मेरो कुरा बुझियोस् । मैले आफ्नो भावनाहरु निर्धक्क रुपमा राख्न सकौ । निर्धक्क भएर बाचौ भन्ने लाग्दछ । ठाउँको खाचो हुन थाल्यो । केही नराम्रो कुरा घट्यो भने प्ले ब्याक राखेर सेयर गरौ न भनेर साथीहरुबिच भन्थ्यौ । यसरी प्ले ब्याक गर्दै अगाडि बढेका थियौ ।

पर्फमेन्स भन्दा पनि एक अर्काको कथा सुन्न, भावना साट्न एउटा ठाउँ हुन सक्छ । प्ले ब्याकमा पर्ममेन्स सेकेन्डरी एक्सपेक्ट हो । पर्फम गरेपनि नगरेपनि मलाई व्यक्तिगत रुपमा मतलब लाग्दैन । तर प्राटिक्स गरि रह्यो भने आफूले काम गरिरहेको साथीहरुलाई बढी बुझ्न सकिन्छ । र, आफूले काम गर्दै जाँदा आफ्नो कमी कमजोरीहरुपनि नियाल्ने वातावरण पनि मिल्ने रहेछ । किनभने आफ्नो मात्र कथा नभएर सबै जनाको भिउपोइन्ट, स्टोरी, भोगाइ सुन्न पाइन्छ । त्यसले एउटा इम्पथी क्रियट गरिदिन्छ । त्यो एउटा माहोल क्रियट गरिदिन्छ । पर्फमेन्स लेभलमा जाँदा विभिन्न ठाउँ परिवेश समुदायहरु समुहहरुसँग भेट्ने मौका पाउँछौ । कथा सुन्ने मौका पाउँछौ । किनकी अरुबेला अडियन्स आउनुहुन्छ जानुहुन्छ । धेरै अन्तक्रिया गर्न पाइदैन । सोसाइटिलाई बुझ्न सक्दैनौ । तर प्ले ब्याक गर्दा सामाजिक अन्र्तक्रिया समेत हुन्छ । यो कलाकारको लागि महत्वपूर्ण कडी बन्न सक्छ ।

रंगकर्मी सरस्वती चौधरी अडियन्सका कथा सुन्ने, भोगाई सुन्ने अनि त्यसलाई अभिनयको माध्यमबाट देखाउने कुरा नै प्ले ब्याक भएको सुनाउनुहुन्छ ।

कथा सुन्ने भोगाई सुन्ने अनि त्यसलाई अभिनयको माध्यमबाट देखाउने कुरा नै प्ले ब्याक हो । अरु थिएटरमा दर्शकलाई हामी आफ्नै कुरा पर्फमेन्स गरी देखाउछौ । तर यो प्ले ब्याकमा के स्पेशल छ भने हामी दर्शकको कुरा सुन्छौ । दर्शकको भोगाइ सुन्न गएको हुन्छौ । दर्शकसँग एक अर्काको कुरा बाड्न गएका हुन्छौँ । दर्शकको स्टोरीमा काम गर्न पाउनु ठुलो कुरा हो । थिएटरमा हामी आफ्नै कुरा देखाउछौँ । एउटा स्टोरी लेख्छौ । पर्फमेन्स गर्छौ । राम्रो होस् नराम्रो होस् एक खालको दर्शकलाई लादी रहेको हुन्छौ । प्ले ब्याकमा दर्शकबाट लिन पाउँछौ । सोही कारण मलाई प्ले ब्याक स्पेशल लाग्छ । राम्रो प्ले ब्याक गर्नलाई गुड लिसनर हुनुपर्छ । अनि ह्युमन विइङ हुनुपर्छ । उहाँले भन्नुभयो ।

प्ले ब्याक आफ्ना लागि एउटा थेरापी भएको रंगकर्मी रोशनी स्याङबो बताउनुहुन्छ । प्ले ब्याक मेरा लागि एउटा थेरापी हो । जुन कुराले म ‘हिल’ हुन्छु । प्ले ब्याक एउटा त्यस्तो ठाउँ हो जहाँ सुनिन्छ अनि निर्धक्कसँग सुनाइन्छ । त्यहाँ पोखिन मिल्छ । त्यहाँ पोखिएको कुरा बगेर कतै जाँदैन । त्यही सुनिन्छ र त्यही विलिभ हुन्छ । त्यो कुराले चाहि प्ले ब्याकमा आफूलाई पाउछु । त्यसकारण मेरा लागि यो स्पेशल छ । प्ले ब्याकको लागि सुन्न र बुझ्न सक्ने क्षमता राख्नसक्ने हुनुपर्छ । खतरा एक्टर हुनुपर्छ भन्ने बरु हुँदैन । उहाँले सुनाउनुभयो ।

रंगकर्मी सिर्जना अधिकारी मानिसको मनका भावना सुनेर त्यसलाई कथा मार्फत, कविता मार्फत उतारेर दिने कुरा प्ले ब्याक थिएटरको सुन्दर पक्ष भएको बताउनुहुन्छ ।

प्ले ब्याकमा अडियन्स बसिरहनुभएको हुन्छ । उहाँहरुको स्टोरी लिएर त्यसलाई कथा मार्फत कविता मार्फत वा प्ले ब्याकको अरु फम मार्फत उतारेर देखाउने कार्य गरिन्छ । मैले एक्टर भएर, कन्डक्टर भएर एक दुईपटक यस्तो गरेको छु । म्युजिकमा बसेर गर्दा होस् वा एक्टर भएर गर्दा होस् अथवा कन्डक्टर भएर गर्दा होस् उहाँका कुरा बुझेर त्यसलाई उतार्ने प्रयास गर्ने हो । सक्ने जति गर्ने हो । नर्मल लाइफमा कति कुरा इग्नोर गरेर हिडिरहेको हुन्छौ । सुनिरहेको हुँदैनौ, बुझिरहेको हुँदैनौ । तर यो यस्तो मौका हो जहाँ मानिसको भावनालाई बुझ्न खोजेर त्यसमा पर्फम गरेर उहाँहरुलाई उपहार स्वरुप दिन्छौ । यो नै यसको सुन्दर कुरा हो । मलाई मनपर्ने कुरा समेत यहीं हो । उहाँले भन्नुभयो ।

रंगकर्मी पशुपति राई पछिल्लो समय प्ले ब्याक थिएटर तर्फको आर्कषण बढेको सुनाउनुहुन्छ ।

प्ले ब्याक भन्ने वित्तिकै दर्शकहरु हुन्छन् । दर्शकहरुले भनेका भोगाई कथा, अनुभव, संवेगहरुलाई कलाकारले सुनेपछि के फिल गर्नुहुन्छ । त्यसलाई प्ले ब्याक गरेर देखाउनुहुन्छ । त्यसैलाईनै प्ले ब्याक भनिन्छ । हुनत नाटक देखाउनको लागि फोरम थिएटर, सडक नाटक लगायतका फम पनि छन् । तर अहिले आर्कषण प्ले ब्याक तर्फ छ । यसको लागि विभिन्न तालिम भैरहेको छ । कलाकारले काम गरिरहनु भएको छ । प्ले ब्याकरहरु देशका विभिन्न ठाउँमा पुगेर समुह समेत तयार गर्दैहुनुहुन्छ । समुहमा गएर काम गर्ने भइरहेको छ ।
हुनपनि कलाकार भएपछि हामीले समाजलाई बुझ्नुपर्छ । सामाजिक राजनीतिक सबै कुरालाई फरक आँखाले हेर्न सक्नुपर्छ । संवेदनशील हुने कुरामा संवेदनशील हुनुपर्छ । हुनत नाटकका अन्य फमका पनि महत्वपूर्ण पक्षहरु होलान् । राईले भन्नुभयो ।

(क्लब हाउसको रंगमञ्च ग्रुपमा प्ले ब्याक थिएटरबारेको कुराकानी सुनेपछि )

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button