मौलिक तीज गीत “स्यानी” सार्वजनिक (भिडियो सहित)

पाेखरा न्यूज । नेपालमा हरेक चाडपर्वलाई लक्षित गरेर विभिन्न किसिमका गीत सङ्गीतको निर्माण हुने गरेको छ । सङ्गीत बिनाका कुनै पनि पर्व हुदैनन र छैनन् पनि । यस्तै महिलाहरूको पवित्र पर्व हरितालिका तिज आउन करिब एक महिना बाकी रहेको छ । यही पर्वलाई लक्षित गर्दै दैनिक नयाँ नयाँ गीत सङ्गीतहरू बजारमा आई रहेका छन् ।

तिजमा माइत आउँदा आफूले घर देशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको छ । तर पछिल्लो समय तिज लाई रत्यौलीले गाजी रहेको छ । तिज र रत्यौली बिच निकै ठुलो बहस चलिरहेका बेला मौलिक तीज गीत ‘स्यानी’ बाबा इन्टरटेनमेन्ट च्यानलबाट सार्वजनिक भएको छ ।

विक्रम परियार र अमृता श्रीपालको स्वर रहेकाे स्यानीमा शरद पाण्डेका शब्द छन् भने प्रेम सापकोटा ‘सोनु’ काे सङ्गीत छ । आफ्नो स्यानीलाई अत्यधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रूपको बयान गीतमा गरिएकाे छ । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लीलताको प्रयोग गरिएको छैन ।

आफ्नो प्रेमीको जितको लागि हार पनि स्विकार्नु पर्ने सन्देश गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाई प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाउनु भएकाे छ । सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिच्नु भएकाे हाे । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गर्नुभएकाे छ ।

भिडियाेः

https://www.youtube.com/watch?v=MG_XgUWpeF8

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button