श्रद्धा र रोहणको सम्बन्ध बारे बोले शक्ति कपूर

पाेखरा न्यूज । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन । टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताउनु भएकाे छ ।

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्’, शक्तिले भन्नु भएकाे छ , ‘तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उहाँले प्रस्ट्याउनु भएकाे छ । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्’, उहाँले भन्नु भएकाे छ । यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको उहाँकाे भनाइ छ ।

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि देखिएकाे छ । तर दुवैजनाले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button