पोखराको लेकसाइडमा भीषण आगलागी

पोखरा न्यूज । पोखरा महानगरपालिका – ०६  लेकसाइड स्थित फेवा ताल किनारमा भीषण आगलागी भएको छ ।

सोमबार बिहान ३ :४५ बजे भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

आगलागीको कारण खुल्न नसकेको उहाँको भनाई छ ।आगलागीबाट मानवीय क्षति नभए पनि धनसम्पति जलेर खरानी भएको छ ।

आगलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्रयाभिटीमा ठुलो नोक्सानी पुगेको छ । ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको बताइएको छ ।

अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।

उक्त स्थानमा भारतीय नागरिकले सञ्चालन गरेको टिनका पसलबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगलागी भएसँगै उक्त स्थानमा रहेका ग्यासका सिलिन्डरहरु पड्किएपछि आगो अन्यत्र फैलिएको थियो ।

आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको एसपी थापाले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button