करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण, ग्रामीण विकास पढ्ने रहर

पाेखरा न्यूज । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण हुनुभएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उहाँ उत्तीर्ण हुनुभएकाे हाे ।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिनुभयाे । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उहाँले भन्नुभयाे, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उहाँ अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताउनुभयाे ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उहाँले भन्नुभयाे, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उहाँले कलेज परिवर्तन गर्ने जानकारी दिनुभएकाे छ ।

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण हुनुभएकाे  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button