पाेखरामा यी ठाँउहरुमा अहिले ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

पाेखरा न्यूज । मंगलबार दिउसाे अहिले करिब ४ घण्टाका लागि पाेखराका विभिन्न ठाँउहरुमा विद्युत सेवा अवरुद्ध भएकाे छ ।

कुडहर सबस्टेशनबाट निस्केको तातोपानी फिडरर्को एच.टि केबल पड्केको हुँदा मर्मत गर्नुपर्ने भएकाले विद्युत लाइन प्रशारण अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले जानकारी दिएकाे छ ।

पाेखराकाे बैदाम, सराङकाेट र एअरपाेर्ट लगायतका क्षेत्रहरुमा ४ घण्टा लाइन अवरुद्ध हुने केन्द्रले सूचना मार्फत जानकारी दिएकाे छ ।

केन्द्रले जारी गरेकाे सूचना यस्ताे छः
कुडहर सबस्टेशनबाट निस्केको तातोपानी फिडरर्को एच.टि केबल पड्केको हुदा, मर्मत कार्यको लागी करिब ४ घण्टा उक्त फिडर बन्द रहने बेहोरा जानकारी गर्दछौ .साथै सो कार्य गर्दा बैदाम, sarangkot र airport फिडर समेत केहि बेर बन्द रह्नेछ . मर्मत कार्य सम्पन्न नहुन्जेल धैर्य गरिदिन हुन अनुरोध गरिन्छ ।
सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button