अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बाराही र नविन मावि विजयी

पोखरा २२, जेठ । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् ।

पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित ग¥यो ।

पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा विन्ध्यवासिनी मावि ५९ रनमा समेटियो । सो खेलमा ३ विकेट लिएका बाराहीका उत्सर्ग सर्मा म्यान अफ द म्याच भए ।

अर्को खेलमा नविन माविले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा श्री कृष्ण मावि ५६ रनमा सिमित बन्न पुग्यो । खेलमा १४ रन साथै ४ विकेट लिएका नविन माविका निर्मल जोशि म्यान अफ द म्याच भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button