जसपा र राप्रपासँग ‘निर्णायक’ वार्ता गर्दै एमाले

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आबद्ध जसपा नेपालसँग बिहिबार राती अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दैछ । दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षविच निर्णायक वार्ता हुन लागेको हो ।

दुवै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभुत बनाईएको नेताहरुले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button