एकीकृत समाजवादीले लगायो उम्मेदवारको टुङ्गो

नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ ।

उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस हुनुभएको छ ।

त्यसैगरी जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र नं ८, कृष्णलाल महर्जनले ललितपुर क्षेत्र नं २, विरोध खतिवडाले मकवानपुर क्षेत्र नं २, श्रीनाथ बरालले कास्की क्षेत्र नं २, रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नं २ र सोमप्रसाद पाण्डेले पाल्पा क्षेत्र नं २ बाट उम्मेदवारी दिने हुनुभएको छ ।

त्यस्तै राजु गुरुङले रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरीले दाङ क्षेत्र नं १, प्रकाश ज्वालले सल्यान, धनबहादुर बुढाले डोल्पा, अम्बर थापाले दैलेख क्षेत्र नं १, भानुभक्त जोशीले बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिनुहुने भएको छ ।

प्रदेशसभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको सो पार्टीले जनाएको छ । पार्टीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने निर्वाचन आयोगमा बुझाइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button