राष्ट्रिय खेलकुदमा ४४ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ काँस्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ काँस्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ काँस्य पदक सहित कुल ५९ पदक जितिसकेको छ । यसैगरी बाग्मती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ काँस्य सहित कुल ४५ पदक हात पारेको छ ।

आयोजक गण्डकी प्रदेश भने ८ स्वर्ण, ६ रजत र १६ काँस्य पदक सहित ३० पदक जित्दै पाचौँ स्थानमा रहेको छ । एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ काँस्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ काँस्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ काँस्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ काँस्य जितेका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक जित्दा कर्णाली प्रदेशले १ स्वर्ण, २ काँस्य पदक सहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button