पोखरामा लागूऔषधसहित थापामगर पक्राउ

पोखरामा लागूऔषध र १२ हजार नगदसहित एक युवक पक्राउ परेका छन् ।

पोखरा महानगर-९ न्युरोड स्थायी घर भई पोखरा-३० तागाको मुख बस्दै आएका ३५ वर्षीय हेमन्त थापामगर लागूऔषधसहित पक्राउ परेका हुन् । हिजो साँझ ५:३० बजे ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा-२७ अर्घौचोकबाट थापामगरलाई पक्राउ गरेको हो ।

प्रहरीले थापामगरले बोकेको झोलाभित्र पोको पारेको अवस्थामा डाईजापाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी जम्मा ९६ एम्पुल लागूऔषध फेला पारेको जनाएको छ । मगरलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button