सुदूरपश्चिममा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार पनि ढल्यो

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि त्यहाँको सरकार ढलेको छ ।

अन्तिम समयसम्म प्रयासरत रहेपनि रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार निर्माणको नयाँ चरण शुरु हुने भएको हो । रावललाई कुल ५३ मध्ये एमालेको १०, माओवादी केन्द्र (सभामुख बाहेक)को १० र राप्रपा १ गरी  केवल २१ मत मात्र प्राप्त भएको हो । मुख्यमन्त्री कायम रहन उनलाई २७ विश्वासको मत चाहिने थियो ।

मुख्यमन्त्रीको दावी पेश गर्दा उनले २९ मत पाएका थिए जसमध्ये नागरिक उन्मुक्ति पार्टीका सांसदले उनलाई मत नदिएका हुन् । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई फकाउन केन्द्र स्तरबाटै निकै प्रयास भए पनि पार्टीले रेशम चौधरीको रिहाई प्रमुख एजेन्डा बनाएपछि त्यहाँको सरकार ढलेको हो । पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने आज बिहीबार अन्तिम दिन थियो ।

अब सुदूरपश्चिममा नेपाली काङ्ग्रेसले सबैभन्दा ठूलो दलको हैसियतले सरकार निर्माणको प्रयत्न गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button