सुदूरपश्चिममा नवनियुक्त मुख्यमन्त्री शाहले आज सपथ लिने

सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको हिजो बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि त्यहाँ सबैभन्दा ठूलो दलका रुपमा काङ्ग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले अघिल्ला मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि सरकार निर्माणको नयाँ चरण शुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई फकाउन केन्द्र स्तरबाटै निकै प्रयास भए पनि पार्टीले रेशम चौधरीको रिहाई प्रमुख एजेन्डा बनाएपछि त्यहाँको सरकार ढलेको हो ।

पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने हिजो बिहीबार अन्तिम दिन थियो । १९ सांसद रहेको काङ्ग्रेसलाई पनि अब सरकारका लागि समर्थन जुटाउने चुनौती रहेको छ । उसलाई ५ सांसद रहेको एकीकृत समाजवादीको समर्थन रहेपनि थप एक प्रमुख दलको सहयोग अपरिहार्य रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button