बाघको छाला र हड्डीसहित दुई पक्राउ

बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् ।

दाङको लमही नगरपालिका-९ अमिलियाबाट राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु एक थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्राम बरामद गरेको छ ।

बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको अवैध वस्तुसहित उनीहरु पक्राउ परेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button