तनहुँमा बोरामा फेला परेको शवको सनाखत, हत्यारा आफ्नै श्रीमान रहेको खुलासा

तनहुँमा बोरामा फेला परेको शवको तनहुँको व्यास-१२ माइती भएकी २२ वर्षीया रंगिला भुजेलको भएको फेला परेको छ ।

प्रहरी अनुसन्धानबाट हत्यारा उनकै श्रीमान तनहुँको भानु-५ मैबल स्थायी घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्ट रहेको पनि खुलासा भएको छ । प्रहरीले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी दिएको हो ।

प्रहरीका अनुसार श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएपछि विष्टले भुजेलको घाँटी थिचेर हत्या गरेका थिए । हत्यापश्चात् विष्टले मृतकको हात बाँधेर बोरामा हालेर व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए ।

मङ्गलबार बिहान स्थानीयले गन्ध आएपछि बोरा खोलेर हेर्दा महिलाको शव फेला परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button