उत्तरी फिलिपिन्समा ६.३ रेक्टर स्केलको भुकम्प

उत्तरी फिलिपिन्समा ६.३ रेक्टर स्केलको भुकम्प गएको छ । बिहीबार उत्तरी फिलिपिन्सको मिन्दोरो क्षेत्रमा बिहान करिब ८ बजे भुकम्प महसुस भएको हो ।

फिलिपिन्सको भुगर्भ विभागका अनुसार भुकम्प समुद्री सतहबाट १० किमी गहिराईमा उत्पन्न भएको थियो । भुकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको पनि विभागले जनाएको छ ।

भुकम्पका कारण राजधानी मनिलाको तीन रेलसेवा बन्द गरिएको छ भने विमानस्थलको सेवा पनि केही समयलाई अवरुद्ध भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button