यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

सल्यानमा यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको हो । बसले ३३ के. भि. प्रसारण लाईनको पोलको तार छुँदा बसमा सवार मध्ये २ जनाको घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।

मृतक बाबुछोरा भएको बताइएपनि पहिचान भने खुलेको छैन । घटनाबारे थप बिबरण आउन बाँकी रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button