सेती नदीमा तैरिरहेको अवस्थामा फेला परेको शवको सनाखत

सेती नदीमा तैरिरहेको अवस्थामा फेला परेको महिलाको सनाखत भएको छ ।

तनहुँको व्यास नगरपालिका-१३ बेलवासस्थित सेती र मादी नदीको सङ्गमस्थलदेखि करिब सात सय मिटर तल असार ३० गते एक महिलाको शव फेला परेको थियो । मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं. ५ राम्जाकोट बस्ने ५५ वर्षीया लिलामाया थापा रहेको प्रहरीले जनाएको छ ।

शव फेला परेपनि सनाखत हुन नसकेकोमा प्रहरीको सूचना हेरेर मृतकको छोरीले सनाखतका लागि सम्पर्क गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button