दाङमा मल बोकेको ट्रक पुलबाट खस्यो, ट्रकमा च्यापिएका चालकको चार घण्टापछि उद्धार

दाङमा मल बोकेको ट्रक पुलबाट खस्दा ट्रकमा च्यापिएका चालकको चार घण्टापछि उद्धार भएको छ ।

महेन्द्र राजमार्गको दाङ र बाँकेको सिमानामा पर्ने लमही-९ अमिलिया पुलबाट लु १ ख ४६०९ नम्बरको ट्रक शिवखोलामा खसेको थियो । भैरहवादेखि नेपालगञ्जतर्फ मल लोड गरेर जाँदै गरेको ट्रक पुलबाट खसेर उल्टो पर्दा रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका-६ का ३८ वर्षीय ट्रकचालक वसन्त लोहनीया सिटमै च्यापिएका थिए ।

आज बिहान करिब साढे चार बजे भएको दुर्घटनामा सिटमै च्यापिएका लोहनीलाई ४ घण्टाको प्रयासपछि बिहान ८:३० बजे निकालिएको छ । उनलाई उपचारका कोहलपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्रकका सहचालक लुम्बिनी संस्कृत नगरपालिका-७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने ट्रकबाट हाम फालेर बचेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button