लागूऔषध बोकेर हिंडेका थारु पोखरामा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नं. ३ का २० वर्षका विशाल दिसवा थारु रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको टोलीले पोखरा ३० पावरहाउस चोकमा सवारी चेकजाँचका क्रममा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थारुको साथबाट एक सय ७७ थान नाइट्राभाट नामक लागूऔषध बरामद गरिएको छ ।

पक्राउ परेका थारु विरुद्ध लागूऔषध मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button