म्याग्दीकी पुष्पा बेपत्ता भएको २१ दिनपछि मृतावस्थामा फेला

म्याग्दी । पर्वतको जलजला गाउँपालिकाम वडा नं. ३ को मल्लाजस्थित भीरमा आइतबार बिहान एक युवतीको शव भेटिएको छ ।

शव ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो । उक्त शव म्याग्दी मङ्गला गाउँपालिका वडा नं. ३ बरञ्जाकी ३० वर्षीया पुष्पा सापकोटाको भएको बताइएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार सापकोटा २१ दिन अघिदेखि बेनीबजारबाट सम्पर्कविहीन भएकी थिइन् ।

शवलाई परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार शव सडेको अवस्थामा भेटिएको थियो । घटनाको बारेमा पर्वत प्रहरीले पनि अनुसन्धान थालेको छ ।

घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ ।

बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् ।

उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो । पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद रुपमा हेरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button