केपी ओली कप क्रिकेट : गण्डकी बाहिरिँदा सशस्त्र अन्तिम चारमा, पुलिसको सानदार जीत

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लव अन्तिम चारमा प्रवेश गरेको छ । गण्डकी प्रदेश र लुम्विनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारको खेल गण्डकी प्रदेश र एपिएफका लागि अत्यन्तै महत्वपूर्ण मानिएको थियो । आइतबारको खेलमा गण्डकी प्रदेश लुम्विनीसँग पराजित भएपछि एपिएफ रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा गण्डकी लुम्बिनीसँग ५ रनले पराजित भएको हो ।

यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य कुशल भुर्तेललेशतकीय पारी खेलेपछि विभागीय नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि सानदार जित निकालेको छ । आइतबार भएको खेलमा पुलिस मधेश प्रदेशविरुद्ध ५७ रनले जित हासिल गरेको हो ।

खेलमा कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाएका थिए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार सुदूरपश्चिम प्रदेश विरुद्ध नेपाल पुलिस र दोश्रो खेल कोशी प्रदेश र त्रिभुवन आर्मी क्लवका बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button