पोखरास्थित उन्नति सहकारीको १५औं साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी संस्थाहरू नाफामुखी मात्र भएर आफ्नो जिम्मेवारी पूरा नहुने बताए ।

उनले उनले सहकारीका सिद्धान्त अक्षरश अनुशरण गर्दै सदस्यहरूको हित र सामाजिक उत्तरदायित्वलाई पूरा गर्नुपर्ने खाँचो औँल्याए ।

उनले पछिल्ला समयमा सहकारीका विषयमा राष्ट्रिय मिडियामा ठूला हेडलाइनमा आउन थालेको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

केही सहकारीका सञ्चालकले बद्मासी गर्दा समग्र सहकारी क्षेत्र नै तहसनहस हुने अवस्थामा आएको भन्दै उनले यो समस्या समाधानबारे सबैको सहयोग आवश्यक हुने स्पष्ट पारे ।

सहकारीका संस्थापक अध्यक्ष पदमबन्धु पोखरेलले सेवाको भावनाले सहकारी संस्थाहरू सञ्चालन हुनुपर्ने बताए ।

संस्थाका अध्यक्ष राजेश रानाभाटले सदस्यहरूको हित र लगानीलाई संरक्षण गरी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका सल्लाहकार क्या. कृष्णबहादुर थापाले संस्थालाई सफल बनाउने मुख्य जिम्मेवारी सदस्यको रहेको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत र सचिव रेवतीरमण भण्डारीले सञ्चालन गरेका थिए । साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरीवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाको अवसरमा एसइई परीक्षा २०७९ तथा कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । संस्थामा हाल ४ हजार १ सय ३९ सदस्य रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button