पोखरा । उपाधि दाबेदार थ्रीस्टार पोखरामा जारी तेइसौँ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली भुटानको पारो फुटवल क्लवलाई अतिरिक्त समयको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै थ्रीस्टारले सेमिफाइनलको यात्रा तय गरेको हो । दुवै गोल थ्रीस्टारका अनिष चापागाईं एक्लैले गरेका हुन् ।
पोखरा रंगशालामा आज भएको खेलमा निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएको थियो । अतिरिक्त समयको २६ र २९औँ मिनेटमा अनिषले लगातार गोल गर्दै थ्रीस्टारलाई विजयी गराएका हुन् ।
थ्रीस्टारले आहा रारा गोल्डकपको यसअघिका संस्कारणमा पाँच पटक उपाधि उचालिसकेको छ । थीस्टारले २०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि उचालेको थियो ।
प्रतियोगितामा आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुनेछ ।
सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।
प्रि-क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution