अठारौँ सफल पोखरा म्याराथनको उपाधि केन्याली धावकको कब्जामा

पोखरा । केन्याली धावक जुलियस मुरिला वाहोमले १८ औँ संस्करणको सफल पोखरा म्याराथनको उपाधि जितेका छन् ।

वाहोमल निर्धारित ४२.१९५ किलोमिटरको दूरी उनले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । जीतसँगै उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उनी अघिल्लो वर्षका उपविजेता हुन् ।

यस्तै, दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक किहारा कामिरी र इड्वीन किप्लागेटले जितका छन् ।

कामिरीलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।

दोस्रो भएका कामिरी ३ लाख र तृतीय भएका किप्लागेटले २ लाख रुपैयाँ पुरस्कार जिते ।

सान्त्वना स्थानमा नेपाली धावक किरण बोगटीले जितेका छन् ।

उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेका हुन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button