पोखरा । आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७ सय ५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution