पोखरा-७ स्थित श्रीकृष्ण माविको विव्यस अध्यक्षमा बराल

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा स्थित श्रीकृष्ण माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शोभाचन्द्र बराल चयन भएका छन् । उनले लामो समयसम्म समितिको ज्येष्ठ सदस्यकारुपमा अध्यक्षको कार्यभार सम्हाल्दै आएका थिए ।

समितिको बैठकले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समिति सदस्यमा पुरुषोत्तम रेग्मी, पार्वती पनेरु, देवबहादुर घताने, गंगा थापासहित पदेन सदस्य वडाध्यक्ष राममोहन आचार्य छन् ।

विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा सक्रिय बराल विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान योगदान दिँदै आएका छन् । उनी विद्यालयको प्रमुख चन्दादाता समेत हुन् ।

अध्यक्ष बरालले विद्यालयका विविध समस्या समाधानमा सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष आचार्यले विद्यालयले थप गति लिने विश्वास व्यक्त गरे ।

बैठकको सहजीकरण विद्यालयका निमित प्रध्यानाध्यापक विमला कुमारी शर्माले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button