आज सुन-चाँदीको भाउ कति छ ?

पोखरा । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर छ । आइतबार एकैपटक २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भएको थियो ।

छापावाला सुनको मूल्य आज पनि आइतबारकै मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि आइतबारकै मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button