एसइई परीक्षा : आज अंग्रेजी विषयको परीक्षा

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि सुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षाको तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले बताए ।

उनले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे । पहिलो दिन बिहान ८ बजेदेखि अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएकोछ । सबैभन्दा कम मनाङ, मुस्ताङमा १/१ र सबैभन्दा बढी काठमाडौंमा १ सय २७ केन्द्र छन् ।

यस वर्ष जापानबाट २३ जनाले परीक्षा दिने छन् । प्रत्यक्षरूपमा ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ ।

परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बताउँदै १०० सय पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांकको विषयमा २७ अंक ल्याउनु पर्ने छ । ३५ प्रतिशतभन्दा कम ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button