आरिफको शानदार ब्याटिङ, नेपालले बनायो २ सय १४ रन

पाेखरा। नेपाल ए ले आयरल्याण्ड ए (वोल्भ्स) लाई टी-२० क्रिकेट श्रृंखलाको तेस्रो खेल जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको हो ।

नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् ।

त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए । यसअघिका दुवै खेल नेपालले गुमाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button