राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी संयोजकमा दीपक

पोखरा । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गण्डकी प्रदेश संयोजकमा दीपक गुरुङ चुनिएका छन् । मोर्चाको पोखरामा सम्पन्न प्रथम प्रदेश स्तरीय भेलाले दीपकलाई संयोजक चुनेको हो ।

यसैगरी सदस्यहरुमा गीता कुँवर, प्रकाश पौडेल, सन्देश गिरी, डोलराज विक, विष्णुबहादुर थापा र विनोद सुनाम चुनिएका छन् ।

भेलामा मोर्चाका केन्द्रका सचिवालय सदस्य शैलज पौडेल सहभागी थिए । हालसम्म मोर्चाको कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेश कमिटी गठन भएको उनले जानकारी दिए ।

बाँकी दुई प्रदेशमा पनि मोर्चा गठन गरी देशभरबाट एकैसाथ आन्दोलन उठाउने उनले चेतावनी दिए ।

भेलामा नेकपा मशालका नेता विमल शर्मा, नेकपा माक्सवादी पुष्पलालका केन्द्रीय सदस्य विष्णुबहादुर थापा, डोलराज विक, प्रतिरोध जनअधिकार आन्दोलका बन्दना ढकाललगायतले साम्राज्यवादी र राष्ट्रघातिका विरुद्ध आन्दोलन उठाउने र त्यो आन्दोलनले त्यस्ता शक्तिहरूलाई बढारिने चेतावनी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button