पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवाका २४ वर्षीय प्रकाश परियार, नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ६ पिपरपाती का ४१ वर्षीय राजकुमार तेली, दाङ घर भई हाल पोखरा-६ डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र वर्ष १८ की दिया बुढा छन् ।
यही वैशाख ३ गते दिउँसो २ बजे पोखरा ६ को डिहिकोपाटनस्थित नहरमार्गमा प्रहरीले परियारले चलाएको ग१२प ३१४६ नम्बरको स्कुटर चेकजाँच उनको साथबाट ६ एम्पुल लागूऔषध फेला परेको थियो । साथै उनको उनीमाथि अनुसन्धान गर्नेक्रममा अन्य तीन जना पनि पक्राउ परेका हुन् ।
उनीहरुको डेराबाट लागूऔषध डाइजापाम दुई सय ७१ एम्पुल, फेनेरागन दुई सय ८२ एम्पुल, ब्रुफिनुर्फिन दुई सय ७८ एम्पुल गरी जम्मा आठ सय ३१ एम्पुल, नाईट्रोभ्याट दुई सय ९८ चक्की लागूऔषधका साथै ३२ हजार पाँच सय रुपैयाँ नगद, विभिन्न कम्पनीका १० थान मोवाइलसमेत बरामद भएको थियो ।
पक्राउ परेका चार जनाबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा दिन १० म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution