पोखरा । पोखरा महानगरपालिका वडा नं. २, हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्पको वितरण केन्द्र महानगरीय प्रहरी बलले हटाइदिएको छ ।
मध्यपहाडी लोकमार्ग विस्तारको काम भइरहेको उक्त स्थानमा सडकको राइट अफ वेको क्षेत्र लामो समयदेखि अतिक्रमण गरी पेट्रोल पम्प सञ्चालनमा रहेको थियो । पेट्रोल पम्प डोजर लगाएर हटाइएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको टोलीले अनुगमन गरी पेट्रोल पम्प हटाउन निर्देशन दिएको थियो ।
महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाको कमान्डमा खटिएको टोलीले हालै सो पेट्रोल पम्पको वितरण केन्द्र र आसपासको अतिक्रमण समेत हटाएको हो ।
सडकको अधिकार क्षेत्र र फुटपाथ अतिक्रमण नगर्न महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution