घरको ढोका फोडेर चोरी गर्ने युवक कारागार चलान

गोरखा । जिल्ला अदालत गोरखाले चोरी मुद्दामा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

भारत इस्लामपुर ८ रक्सौल पूर्वी चम्पारण बिहार घर भई हाल गोरखा नगरपालिका वडा नं. ८ सिमलगैरी बस्ने ३२ बर्षीय मोहम्मद जफरलाई चोरी मुद्दामा कारागार चलान गर्ने फैसला गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जफरले गत चैत २१ गते बिहान १० बजे गोरखा नगरपालिका वडा नं. ८ पेट्रोल पम्पस्थित रामकुमारी भट्टको घरमा कोठाको ढोका फुटाएर सुनका विभिन्न गरगहना, नगद, मोवाइल चोरी गरेका थिए ।

आफ्नो घरमा चोरी भएपछि घरधनी भट्टले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीपछि जफरलाई प्रहरीले सोही दिन नै पक्राउ गरेको थियो । सोक्रममा खानतलासी गर्दा जफरको साथबाट भट्टको मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जफरबिरुद्ध प्रहरीले चैत २२ गते नै नकबजनी चोरी कसुर शीर्षकमा अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button