भोलि र पर्सि दुई दिन देशभर सार्वजनिक बिदा

पोखरा। गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार उक्त अवधिमा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मन्त्रालयले जारी गरेको सूचनामा देशका विभिन्न भागमा अविरल वर्षा भइरहेका कारण बाढी, पहिरो, डुबान, भू–क्षय लगायतका जोखिम बढेको भन्दै विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

यस्तो अवस्थामा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति तथा सम्पत्तिमा नोक्सानी हुने सम्भावना रहेको मन्त्रालयको भनाइ छ। यसैकारण असोज १९ र २० गते थप दुई दिन सार्वजनिक बिदा दिइएको र यो अवधिभर अति आवश्यकबाहेकका कार्य नगरी घरमै सुरक्षित रहन नागरिकलाई आग्रह गरिएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षरित सूचनामा सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button