कास्कीमा भोलिदेखि राहदानी सेवा पुनः सुचारु हुने

पोखरा । भदौ २४ गते भएको आन्दोलन र तोडफोडका कारण रोकिएका सार्वजनिक सेवाहरु क्रमिकरुपमा सुचारु गर्दै आएको जिल्ला प्रशासन कार्यालय कास्कीले असोज २७ देखि राहदानी (पासपोर्ट) सेवा सुचारु गर्ने भएको छ ।

कार्यालयमा क्षति पुगेका उपकरण, सञ्चार प्रणाली र आवश्यक पूर्वाधार मर्मत कार्य जारी राख्दै  प्रशासनले  सोमबारदेखि राहदानी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार अहिले कास्की जिल्लाका स्थानीय तहमा बसोबास गर्ने सेवाग्राहीका लागि मात्र राहदानी सेवा उपलब्ध हुनेछ। राहदानीका नयाँ तथा नवीकरण दुबै प्रकारका सेवा सुरु हुने भएको हो ।  राहदानी शुल्क बुझाउन भने eSewa र Khalti App जस्ता डिजिटल माध्यम प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।

आगजनीका कारण ध्वस्त भएको कार्यालय परिसर भित्रको  बैंकको काउन्टर संचालनमा आईनसकेकाले बैंकमार्फत शुल्क बुझाउनको लागि एन.आइ.सी. एशिया बैंक, बिरौटा शाखामा  कार्यालय कोड नं. ३१४९२३९०२ र राजस्व शीर्षक नं. ११४२२७  प्रयोग गरीशु ल्क बुझाउन लम्सालले अनुरोध गरेका छन ।

कार्यालयले राहदानी तयार भएपछि मात्र सेवाग्राहीहरूलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। “Dear Applicant, Your passport is ready to collect” भन्ने SMS प्राप्त भएपछि मात्र राहदानी लिन आउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button