काठमाण्डौ । ट्वाइलेटको भेन्टिलेसन फोडेर नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित भागेका छन् ।
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका राजनाथ यादव र जफर हवारी भेण्टिलेसन फोडेर बुधबार फरार भएका हुन् । उनीहरुको उमेर १७ र ३० वर्ष रहेको र फरार मध्ये एक जना कैदी भएको जनाइएको छ ।
मंगलबार मात्रै भर्ना भएका उनीहरुको खोजीकार्य जारी रहेको बताइएको छ । पर्सा जिल्लामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।